ट्रकको ठक्करबाट आमाछोराको मृत्यु

admin

बुटवल, १२ असोज : रुपन्देहीमा ट्रकको ठक्करबाट २ जनाको मृ त्यु भएको छ। सैनामैना नगरपालिका–५, बुद्धनगरमा मंगलबार बिहान साढे ५ बजे ट्रकले ठ क्कर दिँदा आमा–छोराको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रह री कार्यालय बुटवलका प्रवक्ता प्रहरी नायब उपरिक्षक डिल्लीनारायण पाण्डेले बताए।

मृ त्यु हुनेमा स्थानीय ४२ वर्षीया राधा भट्टराई र उनका १५ वर्षीय छोरा मेहश भट्टराई रहेका छन्। ट्रकले ठक्कर दिएपछि घाइ ते भएका उनीहरुको बुटवलको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृ त्यु भएको हो।

उनीहरुलाई पश्चिमदेखि पूर्वतर्फ जाँदै गरेको ना ८ ख ४४११ नम्बरको भैंसी बोकेको ट्रकले ठक्कर दिएको थियो । ट्रक र चालक प्रह री नियन्त्रणमा रहेका छन्।

प्रतिक्रिया