ट्राफिकको गाडीले ठक्कर दिँदा एक व्यक्ति गम्भिर घाइते

admin

काठमाडौं, साउन २९ : मंगलबार राति महानगरीय ट्राफिक प्रहरी महशाखाको बा१झ ७८६६ नम्बरको सीआरबी भ्यानले कोटेश्वरमा एक अपरिचित व्यक्तिलाई ठक्कर दिँएको छ । गाडीको ठक्कर लागि गम्भिर घाइते भएका नाम नखुलेका ती व्यक्तिको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । उनको अवस्था भने निकै गम्भिर रहेको बताइएको छ ।


महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीका अनुसार बालकुमारीबाट कोटेश्वरतर्फ आइरहेको उक्त गाडीले कोटेश्वरमा रहेको आकाशे पुल मुनी ती व्यक्तिलाई ठक्कर दिएको हो ।

घटनाको समयमा गाडी चलाइरहेका प्रहरी जवान विनोदकुमार गिरीलाई हाल बानेश्वर वृत्तमा नियन्त्रणमा राखिएको छ । डीएसपी बोगटीका अनुसार राति अचानक पुलमुनीबाट बाटो काट्दा दुर्घटना भएको देखिएको छ ।

प्रतिक्रिया