डलर सस्ताेमा साटिदिने भन्दै शृङ्खलाबद्ध लुटपाट, पाँच जना पक्राउ

admin

भक्तपुर : अमेरिकी डलर सस्तोमा साटिदिने भन्दै शृङ्खलाबद्ध लु’टपाटका घटनामा संलग्न भएको अभियोगमा पाँच जना प’क्राउ परेको छन् ।

पछिल्लाे पटक असाेज ८ गते बिहीबार भक्तपुरको सूर्यविनायक नगरपालिका २ बालकोट बस्ने एक जना व्यक्तिलाई अमेरिकन डलर देखाएर सस्तोमा साटिदिने गरिदिने बहानामा पाँच लाख रुपैयाँ लु’टपाट भएसँगै प्र’हरीले सक्रियता देखाएकाे थियाे ।

प’क्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका ३ घर भइ काठमाण्डौको गोकर्णेश्वर नगरपालिका १ का खेलबहादुर तामाङ र रेलबहादुर तामाङ, बाह्रबीसे ६ घर भइ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ बस्ने श्यामबहादुर तामाङ, रामकृष्ण तामाङ र कान्छी तामाङ रहेका छन् ।

उनीहरु मध्यपुर ठीमी नगरपालिका ९ काे बोडेबाट प’क्राउ परेका हुन् । उनीहरुको साथबाट दुई लाख ४२ हजार नाै सय ३५ रुपैयाँसहित पाँच थान मोबाइल, दुई वटा मोटरसाइकल र डलर भनेर झुक्याउन तयार पारिएका दुई बण्डल कागजको बिटोसमेत बरामद गरिएको छ ।

यस्तो छ लु’टपाटको घटनाक्रम
प्रहरीका अनुसार यसअघि गएको साउन ८ गते भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ९ काे बोडेमा डलर साटिदिने बहानामा तीन लाख रुपैयाँ लु’टपाट भएको थियो ।

यस्तै साउन १९ गते मध्यपुर ठिमी नगरपालिका ५ काे बोडेमा चार लाख रुपैयाँ लु’टिएको थियो भने वडा नम्बर २ बोडेमा भदौ ३१ गते पाँच लाख रुपैयाँ लुटपाट भएको प्रहरीले जनाएको छ । यस्तै वडा नम्बर ९ बोडेमा यही असोज ६ गते नाै लाख ८० हजार रुपैयाँ र ८ गते बिहीबार पाँच लाख रुपैयाँ लुटिएको थियो ।

निरन्तर लुटपाटको घटना भएसँगै उनीहरुको खोजीमा आफूहरुले सक्रियता देखाएको र शुक्रबार उनीहरुलाई प’क्राउ गरिएको महानगरीय प्र’हरी परिसर भक्तपुरका सूचना अधिकारी सुवास बुढाथोकीले बताउनुभयो ।

प्रतिक्रिया