डान्स क्लवमा ईश्वर पोखरेलका छोरा पिटिए

admin

काठमाडौँ, ९ कात्तिक: दरवार्गमार्ग स्थित एक डान्स क्लवमा कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलका छोरा पिटिएका छन् । पोखरेलका कान्छा छोरा स्वरुप माथि निर्घात कुटपिट भएको हो ।

उनको चार दिन यता ग्रान्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ । तर, पोखरेल परिवारले यो घटना छिपाएर राखेको छ । दशैं अघि भएको घटना हालै मात्र सार्वजनिक भएको हो । पोखरेलका छोरा स्वरुप ‘दुब्र्यसनी’मा रहेको बताइन्छ । आफु उपप्रधान तथा रक्षामन्त्रीको छोरा भएको र आफुलाई कोही कसैले केही गर्न नसक्ने भन्दै अराजक बनेपछि थालेपछि क्लवमै आएका अर्को समुहले उनीमाथी कुटपिट गरेको हो ।

कुटपिट पछि स्वरुप बेहोस भएका थिए । त्यसपछि उनलाई उपचारका लागि ग्यान्डी अस्पताल पुर्याईएको स्रोतले बतायो । कुटपिटपछि बेहोस बेनेको र अस्पताल ल्याईएको खबर सुनेपछि रक्षामन्त्री पोखरेल राती नै छोरालाई भेटन ग्रान्डी पुगेका थिए । भिआईपी छोरा कुटिएको खबरले तरंग जान सक्ने भन्दै घटनालाई पोखरेलकै आग्रहमा गोप्य राखिएको बताइएको छ ।

प्रतिक्रिया