डेंगुको महामारी : भक्तपुरमा पनि देखियो

मनिषा थापा

भक्तपुर : भक्तपुर जिल्लामा पनि डेंगु देखापरेको छ । भक्तपुर अस्पतालमा कार्यरत एक कर्मचारीसहित अहिलेसम्म १० जनामा डेंगुको संक्रमण फेला परेको हो ।

अस्पतालमा डेंगुको संक्रमण परीक्षण कीटको व्यवस्था नहुँदा टेकु अस्पताल रिफर गरिएकामध्ये ६ जनामा डेंगुको संक्रमण देखिएको थियो । अस्पतालमा कीटको व्यवस्था भएपछि सम्भावित १८ जनामध्ये चार जनामा डेंगु पुष्टि भएको छ।

जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरका अनुसार भक्तपुरमा गत वर्षको तुलनामा यस वर्ष डेंगु संक्रमण बढेको छ। यस वर्ष डेंगु संक्रमण बढेपछि प्रत्येक स्वास्थ्य चौकी र नगर जनस्वास्थ्य शाखामार्फत समुदायको तल्लो तहसम्म डेंगुबारे जनचेतना अभियान चलाइएको हो।

साउनमा एकजनामा मात्रै देखिएको डेंगु संक्रमण भदौपछि बढीमा देखापरे हो। भक्तपुरमा समेत डेंगु संक्रमण देखिएपछि चिकित्सकहरुले दिउँसो टोक्ने लामखुट्टेबाट बच्न सुझाव दिएका छन् ।

पानी जमेका खाल्डाखुल्डी पुर्ने, झ्याम्म भएका झाडीहरु फाडेर इन्सेक्टिसाइड छरेर डेंगु संक्रमण गर्ने लामखुट्टे नष्ट गर्न उनीहरुले सुझाव दिएका छन् ।

प्रतिक्रिया