तरुण दलद्वारा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री वितरण

तुलसी नेपाल

काठमाण्डौ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रस निकट युवा संगठन नेपाल तरुण दलले पाटन र वीर अस्पतालमा गएर स्वास्थ्यकर्मीलाई स्वास्थ्य सामग्री वितरण गरेको छ ।

१०७ औं वी.पी जयन्तीको अवसर पारेर तरुण दलले पाटन अस्पताल अन्तर्गत हाडजोर्नी विभागमै गएर एक हजार थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो । यस्तै लगतै वीर अस्पताल अन्तर्गत नाक, कान, घाटी विभागमै पुगेर तरुण दलले १००० थान मास्क, २० थान पी.पी.ई सेट र २० थान फेस शिल्ड वितरण गरेको हो ।

‘कोरोनाको महामारीको अवस्थामा अग्रपंक्तिमा रहेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीलाई सम्मान गर्दै यो स्वास्थ्य सामाग्री वितरण गरेका हौ’, तरुण दल अध्यक्ष जित जंग बस्नेतले बताए ।

त्यसै गरी यस काममा स्वास्थ्य सामाग्री उपलब्ध गराई सहयोग पुर्याउने नेपाली काँग्रेस काठमाण्डौ क्षेत्र नं ३ का महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानलाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत ब्यक्त गरेको छ । कार्यक्रममा तरुण दल केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया