तीन सयले बढ्यो सुनको मूल्य, कारोबार कतिमा ?

admin

काठमाडौं, ६ बैशाख : सोमबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आइतबार तोलामा ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार बढेर तोलामा ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै तेजाबी सुन तोलामा ९० हजार ५०० रुपैयाँमा कारोबार भएको छ । यसैबीच चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार तोलामा १३ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

प्रतिक्रिया