थप आठ सय पाँच जनामा संक्रमण पुष्टि, आठ जनाको ज्यान गयो

admin

काठमाडौं, २१ असोज : बिहीबार थप आठ सय पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दश हजार ६७२ जनामा परीक्षण गर्दा आठ सय पाँच जनामा संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा आठ जनाको ज्यान गएको छ भने ९११ जना निको भएका छन् ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा आठ लाख २८२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ९२ हजार ७९० जना पुगेको छ । संक्रमितमध्ये हालसम्म सात लाख ७३ हजार जना निको हुँदा ११ हजार दुई सय जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १५ हजार ९४२ जना रहेका छन् ।

प्रतिक्रिया