थप तीन जनाको ज्यान गयो, ७३ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, १७ फागुन : कोरोना संक्रमणका कारण सोमबार थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा संक्रमणका कारण ज्यान गुमाउनेको संख्या दुई हजार सात सय ७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । अहिलेसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ । संक्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् ।

बितेको २४ घण्टामा ६४ जना संक्रमणमुक्त भएका छन् । अहिले नेपालमा नौ सय ६८ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया