थप १०७ जनामा संक्रमण, हालसम्म संक्रमितमध्ये तीन हजार १० जनाको ज्यान गयो

admin

काठमाडौं, २० फागुन : बिहीबार देशभर एक सय सात जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पाँच हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा एक सय सात जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ । यस्तै बितेको २४ घण्टामा ७८ जना संक्रमित निको भएसँगै संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

संक्रमितमध्ये तीन हजार १० जनाको ज्यान गएको छ भने सात सय ९५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया