थप ३४८ जनामा संक्रमण पुष्टि

admin

काठमाडौं, ६ माघ : मंगलबार तीन सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै संक्रमितको कुल संख्या दुई लाख ६७ हजार नौ सय ९२ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा चार सय ४१ जना कोरोनामुक्त भएसँगै डिस्चार्ज हुनेको संख्या दुई लाख ६२ हजार दुई सय ५९ पुगेको छ । अब नेपालमा सक्रिय संक्रमितको संख्या तीन हजार सात सय ६४ रहेको छ । यस्तै थप चार कोरोना संक्रमितको ज्यान गएसँगै संक्रमणका कारण ज्यान गुमाउनेको संख्या एक हजार नौ सय ६९ पुगेको छ ।

प्रतिक्रिया