थप ४१६ जनामा कोरोना पुष्टि, एकको मृत्यु

admin

काठमाडौँ, कात्तिक २९ : मुलुकभर पछिल्लो २४ घण्टामा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ४०२ जनाको आरटी–पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार ७ हजार ५ सय ५४ जनाको आरटी–पीसीआर विधिबाट परीक्षण गर्दा ३ सय ६७ जना र ४ हजार ८ सय ४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ९ लाख १२ हजार ४६९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २७० जना कोरोनामुक्त भए, एकको मृ त्यु
कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर २ सय ७० जना निको भएर घर फर्किएका छन् । योसंगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ९८ हजार ५४४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर १२ हजार ४०२ जनाको परीक्षण हुँदा हालसम्म कुल ५२ लाख १३ हजार ७९६ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा थप १ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृ त्यु हुनेको संख्या ११ हजार ४७८ पुगेको छ ।

प्रतिक्रिया