थप ५५९ जनामा संक्रमण पुष्टि, १३ जनाको ज्यान गयो

admin

काठमाडौं, ३० चैत : सोमबार ५५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ४३७८ जनाको पीसीआर र ७२७ जनाको एन्टीजेन परीक्षण गर्दा क्रमशः ४९६ र ६३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये सबैभन्दा धेरै काठमाडौंमा १५९ जना, त्यसपछि ललितपुरमा ४४ र बाँकेमा ४१ जना थपिएका छन् । नेपालमा हालसम्म २ लाख ८० हजार ५२४ जनामा संक्रमण पुष्टि भएको छ ।

यस्तै सात सय २७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बितेको २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट १३ जनाको ज्यान गएको छ ।

योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या तीन हजार ५३ मा पुगेको मन्त्रालयले जनाएको छ । यस्तै बितेको २४ घण्टामा एक सय ३८ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७४ हजार एक सय ६५ पुगेको छ । अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ३३ सय ६ रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया