थप ७८ जनामा कोरोना संक्रमण पुष्टि

admin

काठमाडौं, १६ फागुन : आइतबार देशभर थप ७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई हजार पाँच सय ३२ जनाको पीसीआर परीक्षण गर्दा ७८ जनामा संक्रमण देखिएको र नेपालमा कोरोना पोजेटिभ पुष्टि हुनेको संख्या दुई लाख ७४ हजार एक सय ४३ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै थप ८२ जना निको भएसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या दुई लाख ७० हजार चार सय सात पुगेको छ । त्यस्तै संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ । अहिलेसम्म नेपालमा दुई हजार सात सय ७४ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया