दमकमा शपिङ कमप्लेक्स निर्माण हुने

रिता घिसिंग

झापा : झापाको दमकमा आधुनिक शपिङ कम्प्लेक्स निर्माण हुने भएको छ । दमक नगरपालिका र जिल्ला समन्वय समितिको करीब रु चार करोडको लागतमा निर्माण हुने सो कम्प्लेक्स पाँच तलाको हुनेछ ।

दमक नगरपालिका–६ स्थित पुरानो सब्जी बजार नजीकै नगरपालिकाको स्वामित्वमा रहेका करीब साढे तीन कट्ठा जग्गामा निर्माण हुने सो कम्प्लेक्स भवनको आज दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शिलान्यास गर्नुभयो ।

नगरपालिकाका कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार १८ महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी काम थालिएको छ । निर्माणको जिम्मा याक्थुम्हाङ सास जेभीले पाएको छ । कूल रु पाँच करोड ८१ लाख लागत अनुमान गरिएको सो योजना रु तीन करोड ७१ लाख ठेक्का सम्झौता भएको तिम्सिनाले जानकारी दिनुभयो । सो मध्ये रु एक करोड जिल्ला समन्वय समितिको र दुई करोड ७१ लाख नगरपालिकाको लागत रहने जनाइएको छ ।रासस

प्रतिक्रिया