दशगजामा चल्यो गो’ली, सशस्त्रको हतियार खोस्ने प्रयास

admin

काठमाडौं : सर्लाहीको दशगजामा सशस्त्र प्र’हरी र भारतबाट आएको एउटा समूहबीच झ’डप भएको छ। बिहान साढे ६ बजे सर्लाहीको विष्णु गाउँपालिका २ पकडीस्थित दशगजा इलाकामा बोर्डर आउट पोष्ट (बीओपी) सिमराबाट खटिएको सशस्त्र प्र’हरी निरीक्षकको टोलीले भारतबाट नेपाल प्रवेश गर्न लागेकालाई रोक्न खोज्दा झडप भएको प्र’हरीले जानकारी दिएको छ।

फाइल फोटो

३०/४० जनाको समूहमा आएकाहरुले सशस्त्र प्र’हरीको हतियारसमेत खोस्ने प्रयास गरेकाले एसएलआरबाट एक राउण्ड हवाई फायर गरेको थियो। अहिले अवस्था सामान्य प्र’हरीले जानकारी दिएको छ।

‘भारतबाट सामान लिएर एक जना नेपाल प्रवेश गर्न खोजेका थिए। हाम्रो टोलीले फर्कायो,’ सशस्त्र प्र’हरी बलका प्रवक्ता डीआईजी प्रविनकुमार श्रेष्ठले भने, ‘त्यसपछि उसले गाउँबाट ३०/४० जना लिएर सशस्त्रमाथि हुलहुज्जत गर्न खोजेपछि गो’ली चलाएको हो।’

प्रतिक्रिया