दाहाल र नेपाल दूधमा परेका झिङ्गा : महेश बस्नेत

admin


चितवन, फागुन १९ : नेकपा ओली समूहका नेता महेश बस्नेतले माधव नेपाल र पुष्पकमल दाहाललाई दूधमा परेको झिँगाको संज्ञा दिनुभएको छ । चितवनमा बुधबार युवा संघको कार्यक्रममा बोल्दै उहाँले विप्लवलाई समेत कम्युनिष्ट एकता प्रक्रियामा ल्याउने प्रयास भईरहँदा दाहाल र नेपाल कम्युनिष्ट एकता प्रक्रियाबाट उछिट्टिएको आरोप लगाउनुभयो ।

केपी ओलीले नचाहेसम्म उहाँलाई प्रधानमन्त्रीबाट कसैले हटाउन नसक्ने दावी गर्दै बस्नेतले संसद पुनस्थापना पछि ओली झन् शक्तिशाली भएको जिकीर गर्नुभयो ।

प्रतिक्रिया