‘दि भ्वाइस अफ नेपाल’मा जज परिवर्तन, पैसाको कुरा नमिल्दा फेरि विवादमा (भिडियोसहित)

admin

काठमाडौं, १ माघ : रियालिटी शो ‘दि भ्वाइस अफ नेपाल’को सिजन ३ मा कोच (जज) परिवर्तन गरिएको छ । गायिका आस्था राउतको स्थानमा गायिका तिर्सना गुरुङलाई अनुवन्धित गरिएको हो । शोमा कोचको रुपमा गायकत्रय दिप श्रेष्ठ, प्रमोद खरेल र राजु लामा भने यथावत् नै छन् ।

‘दि भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले आस्थाले समय दिन नसक्ने भएपछि उनले सहमतिमै शो छाडेको जानकारी दिएका छन् । ‘दि भ्वाइस अफ नेपाल’ले पत्रकार सम्मेलन गर्दै गर्दा यो भन्दा अगाडिका शोदेखि नै पैसाको कुरा नमिल्दा पुनः विवादमा आएको पाइएको छ ।

अहिले ‘दि भ्वाइस अफ नेपाल ३’को डिजिटल अडिसन चलिरहेको छ । एक महिनापछि हिमालय टेलिभिजन एचडीबाट यो शो प्रशारणमा आउनेछ । ‘दि भ्वाइस अफ नेपाल’को नयाँ सो गत बर्षको भन्दा झनै उत्कृष्ट बनाउने निर्माण युनिटले जनाएको छ ।

बाँकी भिडियोमा हेर्नुस् !

प्रतिक्रिया