दुई महिने शिशुसहित एकै परिवारका १८ जना संक्रमित निको

admin

वीरगञ्ज, १२ जेठ : वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत थप १८ जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित निको भएका छन् । नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या १०५ पुगेको छ ।

उपचारछि निको भएका २ महिने शिशु र १० जना बालबालिकासहित १८ जनालाई अस्पतालले डिस्चार्ज गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले जनाकारी दिएका छन् ।

वीरगन्ज ३, छपकैयाको एकै परिवारका २ महिने शिशु र १० बालबालिका सहित १८ जनालाई घर पठाएको डा. उपाध्यायले जानकारी दिए । उनका अनुसार डिस्चार्ज हुनेमा एकै परिवारका २ महिने शिशु, ३ देखि १३ वर्षसम्मका ३ बालिका, ३ देखि १५ वर्षसम्मका ६ जना बालक, ३२ देखि ६२ वर्षसम्मका ४ महिला र ३७ देखि ६६ वर्षसम्मका ४ पुरुष रहेका छन् ।

यो परिवारका ३७ वर्षीय पुरुषलाई गएको बैशाख २१ गते कोरोना पुष्टि भएपछि त्यसै दिन नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो। उनको कन्ट्याक्ट ट्रेसिङ गर्दा बैशाख २४ गते परिवारका अरु १७ जना सदस्यमा पनि सङ्क्रमण देखिएपछि १७ जनालाई पनि वैशाख २४ गते नै अस्पतालको आइसोलेसनमा भर्ना गरिएको थियो ।

प्रतिक्रिया