दुई वटा चितुवाको छालासहित तीन प’क्राउ

admin

बाँके : प्र’हरीले बाँकेको राप्तीसोनारी गाँउपालिका १ कुसुमबाट दुई वटा चितुवाको छालासहित तीन जनालाई प’क्राउ गरेको छ । आइतवार राति सल्यान बाघचौर नगरपालिका ३ का जितबहादुर डीसी, कुमाख गाउँपालिका ७ का कमल डीसी र हिमेन्द्रबहादुर वलीलाई प्र’हरीले प’क्राउ गरेको हो ।

चितुवाको छाला ओसारपसार भइरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरूलाई चितुवाकाे छालासहित प’क्राउ गरेकाे हाे । यसैबीच प्र’हरीले नेपालगञ्जकाे जमुनाह नाकाबाट १० लाख भारतीय रुपैयाँसहित एक जना भारतीय नागरिकलाई प’क्राउ गरेको छ ।

नेपालगञ्जको भन्सार चेकप्वाइन्टमा जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका भारतको उत्तरपूर्वी दिल्ली जफ्फरावादका मुनवर खाँको साथबाट ती रकम बरामद गरिएको प्र’हरीले जनाएकाे छ ।

प्रतिक्रिया