दुई सय जन्ती बोकेर प्रियंकालाई लान आउने भए निक, यस ठाउँमा हुनेछ विवाह

रिता घिसिंग

एजेन्सी : पछिल्लो समय बलिउडमा अभिनेत्री प्रियंका चोपडा र उनको विदेशी ब्वाइफ्रेण्ड निक जोनाशबीचको बिबाहलाइ लिएर निकै चर्चा चलिरहेको छ । भारतीय मिडियाका अनुसार यी दुइको बिबाहको चर्चा चलिरहदा प्रियंका चोपडा र विदेशी ब्वायफ्रेण्ड निक जोनाशबीच हुने शाही बिहेको मिति र स्थान सार्वजनिक भएको छ ।

यो जोडीले भारतको धपुरको उम्मेद प्यालेसमा करिब २०० मात्र देशीविदेशी पाहुना सहित शाही बिहे गर्ने बताइएको छ ।जुन महलमा प्रियंका र निकको बिहे हुँदैछ सो यहाँ करिब ७५ वर्षपछि बिहे हुन लागेको हो । यो महल महाराजा उम्मेद सिंहले १९२९ मा बनाउन शुरु गरेका थिए भने १४ वर्षमा महल तयार भएको थियो । सो महल बनाउन करिब ३ हजार मजदुरले काम गरेको बताइन्छ । यो जोडीले १८ अगस्टमा मुम्बईमा इन्गेजमेन्ट गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू