दुई हजार नाघ्यो कोरोनाबाट ज्यान गुमाउनेको संख्या, ९८ प्रतिशतभन्दा धेरै निको

admin

काठमाडौं, ११ माघ : नेपालमा कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई हजार नाघेको छ । बितेको २४ घण्टामा कोरोना संक्रमणबाट थप सात जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या दुई हजार एक पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै बितेको २४ घण्टामा थप दुई सय ७० जनामा संक्रमण पुष्टि भएसँगै नेपालमा कोरोनाको संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ६९ हजार चार सय ५० पुगेको छ । त्यस्तै बितेको २४ घण्टामा चार सय तीन जना कोरोना संक्रमित निको भएका छन् ।

योसँगै संक्रमणबाट निको हुनेको संख्या दुई लाख ६४ हजार एक सय ३७ पुगेको छ । यो कुल संक्रमितको ९८ प्रतिशतभन्दा धेरै हो । अहिले नेपालमा तीन हजार तीन सय १२ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया