देशभर थपिए कोरोनाका १७९० नयाँ संक्रमित

admin

काठमाडाैं : देशभर पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमितमध्ये ७ सय २१ जना महिला छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा प्रदेश १ मा २ सय ४९, प्रदेश २ मा ३७, बागमतीमा १ हजार ७८, गण्डकीमा १ सय ४८, कर्णालीमा १३ र सुदूरपश्चिम प्रदेशमा ७६ जना छन्।

योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ४ हजार ८ सय ५८ पुगेको छ।

प्रतिक्रिया