धमलामाथि कँडेलको हामला : मोदिलाई चिनेर के गर्नुभयो ?

मनिषा थापा

काठमाडौं : चर्चित लोकदोहोरी बाल गायिका कमला घिमिरेको पहिलो गीत ‘चिया छानेको’ नामक गीत सार्वजनिक गरिएको छ । हिजो (बुधबार) रिपोर्टर्स क्लब नेपालमा एक समारोहकाबीच उक्त गीत सार्वजनिक गरिएको हो ।

क्लबका सभापति तथा पत्रकार ऋषि धमला, कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेल, गीतका लय सर्जक खेम सेन्चुरी, शब्द रचनाकार रमेश बिजी, प्रस्तुतकर्ता शम्भु कुँवर, निर्देशक तथा कलाकार शंकर बिसी, मोडल निलम ढुंगाना, गायिका कमला घिमिरे, उनका पिता, गायक अमृत सापकोटा, लोक सञ्चारकर्मी नेपालका उपाध्यक्ष चन्द्रमणि गौतमलगायतले उक्त गीतको संयुक्त रुपमा विमोचन गरेका हुन् ।

कार्यक्रममा पत्रकार धमलाले कमलाको प्रतिभा निकै राम्रो रहेकोले उनको प्रतिभालाई सबैले सम्मान गर्नुपर्ने बताए । उनले भने,‘कमलाको गलामा अद्भुद क्षमता छ, उनको सांगितिक तथा शैक्षिक यात्रालाई तार्किक निश्कर्षमा पुर्याउनको लागि जीवनभरि साथ र सहयोग गर्ने वचनबद्धता जाहेर गर्न चाहन्छु ।’ धमलाले कमलाको पहिलो गीत अति नै राम्रो बनेको पनि सुनाए । कमलालाई अध्ययनको लागि धमला पत्नी एलिजा गौतमले वार्षिक रुपमा सहयोग गरिरहेकी छिन् ।

कलाकार तथा सञ्चारकर्मी कृष्ण कँडेलले कमलाजस्तो प्रतिभा जन्मिदा नेपालको लोक दोहोरी क्षेत्रमा तहल्का मच्चिएको सुनाए । उनले पनि कमलाको प्रतिभालाई सबैले आ–आफ्नो ठाउँबाट सम्मान गर्दै सहयोग गर्न आग्रह गरे । त्यस्तै, उनले संगितबाट नै देशको सीमाको सुरक्षा गर्नुपर्ने बाटाहरु खुल्नुपर्ने बताए । आफू त्यही अभियानमा लागिरहेको पनि उनले सुनाए ।

त्यस्तै, उनले धमालालाई देशको सिमाना मिचिदा पनि केहि पहल नगरेको गुनासो गरेका छन्। उनले धमलालाई भने, ‘अब लगाउनस सिमानाको कुटनीतिक प्रयोगमा पहल, १ इन्च जमिन पनि हामी नदिउ, तपाईले मोदीलाई चिनेको के अर्थ ?

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू