धरान उप-महानगरपालिकाद्वारा लकडाउनको घोषणा

admin

सुनसरी, २१ साउन : सुनसरीको धरान उपमहानगरपालिकाले लकडाउनको घोषणा गरेको छ ।

बुधबार राति १२ बजेदेखि लागू हुने गरी एक हप्ताको लागि लकडाउन घोषणा गरिएको धरान उप-महानगरपालिकाकी उपमेयर मञ्जु भण्डारीले जानकारी दिइन् ।

समुदायस्तरमा कोरोना संक्रमित थपिएको भन्दै सुनसरीको ईटहरी उपमहानगरपालिका, ईनरुवा नगरपालिका र दुहबी नगरपालिकाले मंगलबार लकडाउनको घोषणा गरेकामा बुधबार धरान उपमहानगरपालिकाले पनि लकडाउनको घोषणा गरेको हो ।

योसँगै सुनसरीमा लकडाउन गर्ने पालिकाको संख्या ४ पुगेको छ । लकडाउनको बेला अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय भएको भण्डारीले बताइन् ।

प्रतिक्रिया