धोका दिएर पाएको करोडौ रकम सपिङमै उडाउने फिल्म निर्मात्री दुई महिनादेखि जेलमा

मनिषा थापा

बलिउड फिल्म निर्मात्री पछिल्लो साढे दुई महिनादेखि जेलमा छिन् । यस मामलामा शनिबार मुम्बईको सेसन कोर्टले प्रेरणाको जमानत खारेज गरेको थियो । मुम्बई पुलिसको आर्थिक अपराध शाखा अर्थात् ईओडबल्यूले चार्जशीट फाइल गरेको छ जसमा अचम्मित पारिदिने तथ्य बाहिरिएको छ ।

प्रेरणाको बैंक स्टेटमेन्टमा उनले विभिन्न व्यक्तिबाट पैसा लिएको स्पष्ट हुन्छ । ती पैसामध्ये ८ करोड भारु खण्डालामा सुनिल शेट्टी रियल स्टेट कम्पनीमार्फत् बंगला खरिद गर्न प्रयोग भयो । उक्त कम्पनीकी बोर्ड अफ डिरेक्टरमध्ये एक प्रोतिमाले पनि दुई करोड ८५ लाख भारु उक्त बंगलामा लगानी गरेकी थिइन् ।

प्रेरणाले विभिन्न ब्रान्डका जुत्ता, कपडा र पर्समा करोडौं उडाएकी छिन् । तीमध्ये ८८ लाख भारु जिमी चू ब्रान्डका थिए । यस्तै, ब्रान्डका सामानमा प्रेरणाले एक करोड ३८ लाख भारु खर्च गरिन् । थुप्रै पसलमा त उनले २९ लाख ४० हजार तिर्नै बाँकी छ । जेनेसिस ला मोडमार्फत् पनि प्रेरणाले ९२ लाख भारुको सपिङ गरिन् ।

ईओडब्ल्यूले प्रेरणामाथि १ हजार १७६ पेजको चार्जशीट फाइल गरेको छ । प्रेरणासँग नक्कली ड्राइभिङ लाइसेन्स र दुई पासपोर्ट पनि पाइयो । ती दस्तावेजमा उनका तीन भिन्न जन्म मिति थिए । यी सबै आरोपमा प्रेरणाका वकिल रिजवान मर्चेटले कुनै प्रतिक्रिया दिन अस्विकार गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू