नगरपालिका कै प्राङगणमा वडा अध्यक्ष देखाउने गु’ण्डाहरु ठोक्ने, पत्रकार माथि समेत दु’र्व्य’वहार [भिडियो सहित]

admin

भक्तपुर : चाँगुनारायण नगरपालिका वडा नं ५ का वडा अध्यक्ष जयन्त खड्का र उनको समूहले पत्रकारमाथी दु’र्व्यव’हार गर्नुका साथै समाचार सम्प्रेषण गरेको खण्डमा ज्या’नै मा’र्ने ध’म्की समेत दिएका छन् ।

वडाध्यक्ष खड्का र उनको समूहले पिएनपिखबरडटकमका पत्रकार रोशन घर्ती र अनलाइन टिभी नेपालका पत्रकार नवराज गिरी माथि स्वतन्त्र रुपले समाचार संकलन गर्दै गर्दा मोबाइल खोसेर, ल’छा’रपछा’र समेत पार्दै दु’र्व्य’वहार गरेका हुन् ।

नगरपालिका कै प्राङ्गगणमा हिन्दी फिल्मको शैलीमा करिब ४०-५० जनाको समुहले पी’डित भनिएका व्यक्तिमाथि हा’तपा’त गर्दै गरेको दृश्य मोबाइलमा कैद गर्ने क्रममा वडाअध्यक्ष खड्काका गु’ण्डाहरुद्वारा गु’ण्डाग’र्दी शैलीमा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई मोबाइल खोसेर ४ घण्टा समेत नगरपालिका भित्रै सभाहलमा लगी मन्जुरी बेगर राखिएको समेत जानकारी प्राप्त भएको छ।

वडाअध्यक्षकै गुण्डाहरुद्वारा मोबाईलमा कैद भएको दृश्य समेत ज’र्बज’स्ती हटाउन लगाएको थाहा हुन आएको छ। वडाध्यक्ष स्वयम्ले “मेरो विरु’द्धका समाचार प्रकाशित भए जेपनि हुन सक्छ” भन्दै पत्रकार घर्ती र गिरीलाई उक्त घ’टनाको बिषयमा समाचार सम्प्रेषण गरेको खण्डमा ज्या’न मा’र्ने ध’म्की समेत दिएका छन् ।

नगरपालिकाकै प्राङ्गणमा प्रस्तुत भिडियोमा देखिएको गु’ण्डाग’र्दी खुलेआम भैरहँदा समेत स्थानीय प्र’हरी प्रसाशन मौन रहनु र नगरपालिकाकै कर्माचारी, नगर प्र’हरी समेत चुक्क नबोल्नुले वडाअध्यक्षको पकड नगरपालिकामा निकै बलियो रहेको भन्ने बुझिएको छ।

आफ्नो वडामा भैरहेको गु’ण्डा’गर्दीलाई समेत कानुन अनुरुप कानुनी दायरामा लेराउनु पर्नेमा प्रस्तुत भिडियोमा देखिए झैं वडा अध्यक्ष देखाउने र उनका सहयोगी गु’ण्डाहरु हा’तपा’त गर्ने देख्दा चाँगुनारायण नगरपालिकामा नेपालको कानुन भन्दा वडाअध्यक्षकै कानुन बलियो रहेको प्रष्ट हुन्छ।

स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउनु पर्ने प्रेस स्वतन्त्रा बिरुद्ध पत्रकारमाथि भएको हा’तपा’त, ज्या’दती र दु’ब्र्य’हार प्रति पिएनपिखबरडटकम र अनलाइन टिभी नेपालले विज्ञप्ति जारी गर्दै खेद प्रकट गरेका छन् ।

विज्ञप्तिमा जवाफ दिने ठाउँमा बसेका ब्यक्तिले नै स्वतन्त्र रुपमा समाचार संकलन गर्न पुगेका पत्रकार माथि बाधा पुर्याइ उल्टै ज्या’न मा’र्ने ध’म्की दिनु लजास्पद भएको भन्दै कानुनी कारबाहीको माग समेत गरिएको छ ।
हेर्नुहोस् भिडियो :-

प्रतिक्रिया