नयाँ वर्षसँगै पहिलो कारोबार सुनचाँदीको मूल्य बढ्यो, कारोबार कतिमा ?

admin

काठमाडौं, २ बैशाख : नयाँ वर्ष २०७८ को सुरुवातसँगै सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । गत वर्षको अन्तिम कारोबारका दिन मंगलबार अधिकतम ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य नयाँ वर्षको दोस्रो दिन (आज) बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रति तोला ८९ हजार ८०० रुपैयाँ र तेजाबी सुनको मूल्य ८९ हजार ३५० रुपैयाँ कायम भएको छ । विवाहको लगन बढेसँगै बजारमा सुनको माग बढ्न थालेको छ ।

सङ्घका अनुसार अहिले दैनिक ४० देखि ४५ किलो सुनको माग आउने गरेको छ । यसैगरी चाँदीको मूल्य भने प्रति तोला एक हजार २९० रुपैयाँ तोकिएको छ । महासंघका अनुसार गत मंगलबारको तुलनामा चाँदी प्रति तोला ३० रुपैयाँले वृद्धि भएको हो ।

प्रतिक्रिया