‘नागरिता नदिए भारतीयले छोरी दिदैनन भन्नु संकास्पद’

admin
  • मधु कार्की 

बच्चा जन्मेपछि न्वारानको नाम त छोरिको ७ दिनमा रे छोराको ११ दिनमा पुरेतले जुराउछन नेपालमा । अनि नेपालको नागरिकता जस्तो अत्यन्त संवेदनशील कुरा चाँहि डोलिमा चढेर ससुरालको आगन टेक्ने बित्तिकै पाउनु पर्छ भन्नुको उद्देश्य वास्तवमै के त ? नेपालका छोरीहरुले ससुराल देशमा यस्तो प्रेम र अधिकार पाएका छन त ? भन्ने चासो आफ्ना छोरिहरुको सवालमा सोच्ने गर्नु भएको छ आज सम्म ?

पहेले अपने बेटिओको अधिकार और अवस्थाऔंको ख्याल करो । मधेसका केहि नेताज्यूहरुले नेपालको अतिक्रमित भुमिको सवालमा राष्ट्र प्रेमले ओतप्रोत शब्दको मिठा बाणले नेपाली जनताको मनमा ती शब्दले मीठो डेरा जमाएको थियो। अङ्गिकृत नागरिता जस्तो संबेदनशील कुरामा भारतियले छोरी दिने छैनन ? परिवार भित्रै राष्ट्रियता बिभाजन गर्छ ? भने जस्ता अब्यवहारिक शंकास्पद अभिव्यक्तिहरुले राष्ट्रियताको मिररमा अन्तरास्ट्रिय रुपमा आफ्नै धरातल नराम्ररी छाताछुल्ल पारिरहेको यथार्थ अवस्था देखिरहेको छ।

भारतीयले छोरी दिदैनन ?
तपाइहरुले छोरा भतिजाको बिबाह भारतिय छोरिहरु सँग नागरिताको सर्त राखेर गर्नुहुन्छ ? प्राकृतिक प्रेम अनि पारिवारिक मीठो सम्बन्ध र बिश्वासको कडिमा दुई आत्मालाइ मिलन गराउन गराउनु हुन्छ या अन्य अब्यबाहारिक सर्तमा ?

परिवार भित्रनै राष्ट्रियता बिभाजन हुन्छ ?
नेश्नालिटीले परिवार बिभाजन हुदैन नेता ज्यू १ प्रेम नेस्नालिटिलाइ हैन आत्मा अनि सम्बन्धलाइ गरिन्छ। ख्याल गर्नुस । यस्ता अभिव्यक्तिहरुले सिङ्गो मधेस समाजकै संस्कार र अस्तित्वलाइनै नराम्रो असर पार्दै अन्नौलताको अवस्था सृजना गरि तपाइहरुको अभिब्यक्त्तिहरु अन्तर्राष्ट्रिय मूल्याकंनमा पनि आस्चर्यजनकका साथै शंकास्पद हुन सक्दछ भन्नेकुरामा तपार्इहरु चनाखो हुन जरुरी भने स्पष्ट देखिन्छ।

आफुले जन्माएका छोरिहरुको पहिले ख्याल गर्नुस । समानताको उदारबादी समाज छ, हाम्रो नेपाल । के नेपालका छोरिहरुले डोलिमा चढेर ससुराल जाने बित्तिकै नागरिता पाएका छन त ? समाज सुहाउदो अनि पाच्य कुरा गरौ ।

आफ्नै गरिमा अनि जनताले तपाइहरुको मुल्यांकन सगरमाथा बाट एक्कासी मरुभुमिमा झारेको राम्रो देखिन्न । केही दिन अगाडि राष्यृयताको मीठो खानी बर्सिएको तपाइहरुको मुखबाट कसरी यत्ती छिटो सन्कासपद अभिव्यक्तिमा परिवर्तन गर्न सक्नुहुन्छ ?

प्रेम अनि बिवाह दौलत अनि गलत सम्झौताका लागि हैन पबित्र बन्धनमा बाँधिने मिठो पारिवारिक जीवन जीउनका लागि गरिन्छ । बिहे गर्ने बित्तिकै संसारका कुनै पनी राष्ट्रहरुले तपार्इहरुको छोरीहरुलाई नागरिता दिएको इतिहास र बर्तमान अवस्था छैन ।

बिबाह गरे लगतै भारतिय चेलीहरुले नागरिता नपाए पारिवारिक राष्ट्रियता बिभाजनको महसुस हुनसक्छ तथा भारतियले छोरी दिनेछैनन भने जस्ता अभिव्यक्तिहरु अत्यन्तै लाजमर्दोका साथै अन्तर्राष्ट्रिय रुपमै मधेशको राजनीतिक पृष्ठभुमिका लागि शंकास्पद तथा बिबादित मुल्यान्कन हुनसक्छ भन्ने कुराको हेक्का नराख्नु मधेसका नेता ज्यूहरुको अत्यन्त नमिठो भुल हो ।

प्रतिक्रिया

सम्बन्धित समाचारहरू