नाग्दि खोलामा कार खस्यो, तीनजना बेपत्ता

admin

चितवन, ८ असोज : काठमाडौंबाट पोखरा जाँदै गरेको कार पृथ्वी राजमार्गको मुग्लिन नजिकै नाग्दि खोलामा गएराति १२:३० बजे दुर्घ टना हुँदा तीनजना बेपत्ता भएका छन् भने एक जनाको घा इते अवस्थामा उद्धार गरिएको छ।

कार त्रिशुली नदीमा खसेर दु र्घटनाग्रस्त भएको ट्राफिक प्र हरी कार्यालय मुग्लिनका असई नरहरि अधिकारीले जानकारी दिए। प्रह रीका अनुसार काठमाडौंबाट पोखरा जाँदै गरेको ना २ च ४९१८ नम्बरको कार अनियन्त्रित भई सडकबाट झण्डै १०० मिटर तल त्रिशुली नदीमा खसेको हो।

घट नामा उद्धार गरिएका पोखराका ४९ वर्षीय रुद्रलाल सुवेदीको उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा लगिएको छ। दुर्घ टनामा बे पत्ता भएकाहरूमा पोखरा महानगरपालिका वडा नं ७ कै अन्दाजी ५५-६० वर्षिय प्रेम भुजेल, ५५-६० वर्षीय लेखबहादुर भुजेल र ३६ वर्षिया ईश्वी भुजेल रहेको ट्राफिक प्रह रीले जनाएको छ।

प्रतिक्रिया