नायिका युना उप्रेती बनिन् छोरीकी आमा

रिता घिसिंग

काठमाडौँ : नायिका युना उप्रेती आमा बनेकी छिन् । उनले पहिलो सन्तानका रुपमा छोरीलाई जन्म दिएकी छन् । ‘पर्खी बसे’ चलचित्रबाट नेपाली रजतपटमा भित्रिएकी नायिका यूना उप्रेती अहिले अमेरिकामा छिन् । हाल अमेरिकामा रहेकी युनाले सामाजिक संजाल फेसबुकमार्फत आफूले छोरी जन्माएको घोषणा गरेकी छिन् । उनले छोरीको फोटोसमेत पोष्ट गरेकी छिन् ।उनले लेखेकी छन् ।

‘हाम्रो परिवारको नयाँ सदस्यको आगमनमा निकै भाग्मानी महसुस गरिरहेका छौं । हाम्री छोरी सायरा नोभेम्बर २१ तारिख सन् २०१८ (मंसिर ५, २०७५) मा जन्मिएकी हुन् । सन् २०१८ को थ्यांक्सगिभिङको विकेन्डमा पाएको आशिर्वादका लागि हामी निकै आभारी छौं ।’ युनाले अमेरिकामा सेटल भइसकेका विकाश अधिकारीसँग विवाह गरेकी हुन् । केही समय पहिले आफु गर्भवती भएको कुराफेसबुकमार्फत घोषणा गरेकी थिइन् ।

प्रतिक्रिया