नाराबाजीका बीच बजेट माथिको छलफल सुरु

राष्ट्रिय समाचार समिति

धनगढी, २३ असार :  सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलको नाराबाजीका बीच आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफलको कारवाही अगाडि बढाउना साथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए । 

नाराबाजी भइरहँदा सत्तापक्षका सदस्य दीर्घबहादुर सोडारीले विरोध गर्न पाउने कुरा जायज भए पनि सभामुखतर्फ पिठ्यूँ फर्काएर विरोध गर्न नपाइने भन्दै नियमापत्ति गर्नुभयो । नाराबाजीकै बीच सभामुखले बजेट कार्यक्रममाथि धारणा राख्न सत्तापक्षका हर्कबहादुर कुँवरलाई समय दिनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको भन्दै समर्थन जनाउनु भएको थियोे । उहाँको धारणापछि सभामुखले आजको बैठकको कारवाही अन्त्य गर्नुभएको थियो । 

 

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरिएको थियो । 

 

प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकामा सरकारले यी मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो । 

 

प्रतिपक्षीले राखेका माग सुनुवाइ गर्न पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरुको विरोध जारी रहने उहाँले बताउनुभयो । मागको सुनुवाइ गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्षी दलका सदस्यबीच पटकपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन । 

 

राष्ट्रिय जनता पार्टीका सदस्य कृष्णबहादुर चौधरीले सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको रु ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएकाले वाध्य भएर आफूहरुलाई विरोध गर्नु परेको बताउनुभयो । ५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन्  ।

धनगढी, २३ असार : सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा प्रतिपक्षी दलको नाराबाजीका बीच आर्थिक वर्ष २०७७÷७८ को बजेट कार्यक्रममाथि छलफल सुरु भएको छ ।सभामुख अर्जुनबहादुर थापाले बैठकमा आगामी आर्थिक वर्षको बजेट कार्यक्रममाथि छलफलको कारवाही अगाडि बढाउना साथ प्रतिपक्षी नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टीका सदस्य रोष्ट्रम अगाडि पुगेर नाराबाजी गरेका थिए ।

नाराबाजी भइरहँदा सत्तापक्षका सदस्य दीर्घबहादुर सोडारीले विरोध गर्न पाउने कुरा जायज भए पनि सभामुखतर्फ पिठ्यूँ फर्काएर विरोध गर्न नपाइने भन्दै नियमापत्ति गर्नुभयो । नाराबाजीकै बीच सभामुखले बजेट कार्यक्रममाथि धारणा राख्न सत्तापक्षका हर्कबहादुर कुँवरलाई समय दिनुभयो । उहाँले आगामी आर्थिक वर्षको बजेट सन्तुलित रहेको भन्दै समर्थन जनाउनु भएको थियोे । उहाँको धारणापछि सभामुखले आजको बैठकको कारवाही अन्त्य गर्नुभएको थियो ।

यसअघि असार २१ गतेको बैठकमा प्रतिपक्षी दलको अवरोधका बीच आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पारित गरिएको थियो ।

प्रदेशमा कोभिड–१९ को सङ्क्रमण भयावह बन्दै जाँदा पनि यसको रोकथाम, उपचार, व्यवस्थापनमा प्रभावकारी काम गर्न माग गरिएकामा सरकारले यी मागको सुनुवाइ नगरेर बहुमतको दम्भ देखाउँदा समस्या देखिएको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले बताउनुभयो ।

प्रतिपक्षीले राखेका माग सुनुवाइ गर्न पूर्ण प्रतिबद्धता नगरिएसम्म बैठकमा आफूहरुको विरोध जारी रहने उहाँले बताउनुभयो । मागको सुनुवाइ गरी प्रदेशसभा बैठकलाई पुनः सञ्चालन गराउन सरकार र प्रतिपक्षी दलका सदस्यबीच पटकपटक वार्ता भए पनि आजसम्म कुनै निष्कर्ष निस्कन सकेको छैन ।

राष्ट्रिय जनता पार्टीका सदस्य कृष्णबहादुर चौधरीले सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम र व्यवस्थापनमा प्रभावकारी काम गर्न नसकेको, विभिन्न निकायमा भइरहेको भ्रष्टाचार र अनियमिता रोक्न नसकेको, बजेट बाँडफाँटमा असमान व्यवहार गरिएको, कोरोना भाइरसको रोकथामका लागि भएको रु ५३ करोड खर्चको वास्तविक विवरण सदनलाई जानकारी नदिइएकाले वाध्य भएर आफूहरुलाई विरोध गर्नु परेको बताउनुभयो ।

५३ सदस्यीय रहेको सुदूरपश्चिम प्रदेशसभामा सत्तापक्ष नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का ३९, प्रतिपक्षी नेपाली काँग्रेसका १२ र राष्ट्रिय जनता पार्टीका दुईजना सदस्य छन् ।

प्रतिक्रिया