नितिन गजुरेलको स्वरमा ‘अनुपम रंग’ बोलको गीत सार्वजनिक (भिडियोसहित)

admin

काठमाडौं, २० साउन : गायक नितिन गजुरेलको ‘अनुपम रंग’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा गायक गजुरेलको मिठासपुर्ण गायकी सुन्न सकिन्छ ।

गीतका शब्द नीरभिमले लेखेका हुन् भने सुदाम थापाले गीतलाई संगीतवद्द गरेका छन् । चन्द सिंहले गीतलाई संगीत संयोजन गरेका हुन् । म्युजिक भिडियोमा कमल सिंह र सुशिला थापालाई रोमाण्टिक मुडमा देख्न सकिन्छ ।

बुद्ध थापाले छायांकन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन गरेका हुन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई रायन कार्कीको निर्देशनमा तयार पारिएको हो ।

लामो समयदेखि गीत संगीतमा क्रियाशील गायक गजुरेलले यसअघि ‘दिलके डायरी’, ‘आँखाले हेर्यौ’, ‘झुक्याएरै किन होला’, ‘आकाशका तारा’ लगायत दर्जनौ गीतहरु सार्वजनिक गरिसकेका छन् ।

हेर्नुस यो भिडियो !

प्रतिक्रिया