निशान र नविताको ‘बरिलै’ मा बर्षा र एलिसाको दमदार अभिनय

राष्ट्रिय समाचार समिति

काठमाडौँ, ८ असोज : नेपाली गीत संगीत क्षेत्रमा उत्कृस्ट गीत संगीत र प्रतिभाशाली कलाकारको आगमनले संगीत क्षेत्र दिनानुदिन राम्रो बन्दै गइरहेको छ । भर्खरै मात्र अर्ग्यानिक टेस्टको डान्सिंङ प्याट्रनको “बरिलै” बोलको गीत डिजिटल बजारमा सार्वजनिक भएको छ ।

यस गीतमा गायिका नविता पौड्याल र गायक निशान भट्टराईको युगल गायन रहेको छ । दिपक शर्माले गीतको लय संकलन गरेका हुन भने शर्माले नै यस गीतको शब्द लेखेका हुन । उदय राज पौडेलले गीतको संगीत संयोजन गरेका हुन ।

भिडियोमा वर्षा राउत र अलिशा राईको मुख्य अभिनय रहेको छ । टिकटक बाट भाइरल भएका अमर र अमृत दाहाललाई समेत भिडियोमा देख्न सकिन्छ । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडियोलाई बुद्ध थापाले खिचेका हुन । विकाश ज्ञवालीले भिडियो सम्पादन गरेका हुन्। सुब्रत राज आचार्यको कन्सेप्ट र निर्देशनमा भिडियो तयार पारिएको हो ।

हाल अमेरिकामा रहेकी गायिका नविता पौड्याल निरन्तर गीत संगीतमा क्रियाशील छिन। यसघि उनले स्लो रोमान्टिक पप , आधुनिक र नन कमर्शीएल गीत सोर्ता माझ प्रस्तुत गरिसकेकी छिन। ” बरिलै ” बोलको यस गीतबाट आफु निकै आशावादी रहेको र सोर्ता दर्शक बाट राम्रो प्रतिक्रियाको अपेक्षा रहेको गायिका पौड्यालले बताएकी छिन ।
हेर्नुहोस भिडियो :

प्रतिक्रिया