नेकपा सचिवालय बैठकले सभामुखको नाम टुंग्याउन सकेन

admin

काठमाडौँ, पुस १७: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बिहीबार बसेको सचिवालय बैठक बिना निष्कर्ष टुंगिएको छ। सभामुखको नाम टुंगो लगाउन बसेको सचिवालय बैठक सम्बन्धित विषयमा प्रवेश नै नगरी सकिएको हो।

यद्यपि बैठकमा राष्ट्रियसभाको उम्मेदवारको नामबारे छलफल भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। सभामुखको नामबारे टुंगो लगाउन शुक्रबार बिहान साढे आठ बजे फेरी सचिवालय बैठक बस्नेछ।

राष्ट्रिसभाका १८ रिक्त पदका लागि आगामी माघ ९ गते निर्वाचन हुँदैछ। निर्वाचनका लागि पुस २० गते मनोनयन दर्ता गर्ने कार्यतालिका रहेको छ। सभामुखको विषयमा नेकपाले निर्णय गर्न नसक्दा संसदको वैठक पटक–पटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ। संसदको बैठक आगामी २७ गतेका लागि बोलाइएको छ।

प्रतिक्रिया