नेपालमै पाइन्छ यस्तो अचम्मको फुल, फुल्दा रातो झर्दा सेतो आयु २४ घण्टा मात्र !

मनिषा थापा

पिएनपिखबर : प्रकृतिको देन निकै अनौठो हुन्छ । यस्तै दुनियाँ नै चकित पार्ने खालको देन मध्य हाम्रो घर वरपर फुल्ने थरीथरीका रङ्गीचङ्गी फुललाई लिन सकिन्छ। भनिन्छ जुन ठाउँमा फूल फुल्छ त्यो ठाउँ स्वर्ग भन्दा कम मानिंदैन। हामीले पाँचथरको फिदिम नगरपालिकामा फुलेको यस्तै अनौठो र आकर्षक फूलको भिडियो र समाचार सामाग्री तयार पारेका छौ।

एउटा फुल तर रङ्ग भने २ वटा। सुन्दा पनि अचम्म लाग्ने यो फुलको २ रङ छ जुन देख्दा हरकोहि चकित पर्छ। विहान यो फुल सेतो रङको देखिन्छ भने बेलुकी गुलाबी रङमा परिणत हुन्छ। यो फूल हाम्रै नेपालको पूर्वी पहाडी भू-भागमा बढी देख्न पाइन्छ। खोलानाला, जङ्गल देखि हामी हिड्नेडुल्ने बाटोमा पनि यो फूल भेटिने गर्छ तर हाम्रो वेस्त दैनिकीले गर्दा हामीलाई त्यति याद नहुन सक्छ।

झट्ट हेर्दा निकै मनोरम देखिने यो फुललाई स्थानीय भाषामा भेडे फुल भनिन्छ। वैज्ञानिकहरुले यसलाई (Hibiscus mutabilis)को नाम दिएका छन् भने अंग्रेजीमा यसलाई Confederate rose भनिन्छ। सबैभन्दा बढी Confederate स्टेट्स मानिने संयुक्त राज्य अमेरिकामा फुल्ने भएकोले फूललाई Confederate rose भनिएको हो। यो फूल घन्टी फूलको विभिन्न प्रजाति मध्य एक हो।

विकिपिडियालाई आधार मान्ने हो भने भेडे फूल बिहान सेता देखिन्छन, दिउँसोको समयमा गुलाबी र रातको समय रातो रङ को हुन्छ। यो फूलको आयु मात्र ४८ घन्टाको हुन्छ। प्रयोगशालामा गरिएको अध्धयन अनुसार, यो फूल बाहिर फुलेको फुलभन्दा भित्र राखेको फूलको रङ ढिला परिवर्तन हुन्छ । यसबाट के बुझ्न सकिन्छ भने उक्त फुलको रङ परिवर्तन ढिला वा चाँडो हुन्छ भन्ने कुरा सो ठाउँको तापक्रममा निर्भर रहन्छ। यो फूल सुर्यको किरण पर्ने ठाउँ र उर्वराभुमिमा फुल्ने गर्छन। वसन्तु ऋतुको शुद्ध मौसममा फर्कने यस्ता फुल निकै आकर्षक र सुन्दरताको प्रतिक मानिन्छ ।

भेडे फूल सुन्दर हुनुको साथै गुणकारी पनि छ। यस फूलले मद्दतले कपाल उमार्न, कालो बनाउन र चायाँ हटाउन सकिन्छ। अनुहारमा पनि यसको तेलको प्रयोग गर्नाले चमक आउने गर्छ। यसको साथ-साथै जुत्तामा काल्ली पनि फूललाई घोटेर लगाउन सकिन्छ। यो फूलको पात लगाउनाले आँखीभुईको रौँ कालो हुने गर्छ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

सम्बन्धित समाचारहरू