नेपाल आइडल सिजन २ को थर्ड रनरअप अस्मिता अधिकारीले लेखिन् यस्तो स्टाटस

admin

नेपालको अन्तराष्ट्रिय स्तरको पहिलो चर्चित रियालिटी शो नेपाल आइडल सिजन २’ को उपाधि सुदुर पश्चिमका शान रवि ओड जितेका छन् । शुक्रबार भएको फाइनल चरणको प्रतिस्पर्धामा तीन प्रतिस्पर्धी बिक्रम बराल , सुमित पाठक र अस्मिता अधिकारी पछि पार्दै दर्शकहरुको सर्वा्धिक भोट पाएर रवि ओडले अग्र स्थान हासिल गरेका हुन् ।


यस्तै फस्ट रनरअप बिक्रम बराल, सेकेन्ड रनरअप सुमित पाठक र थर्ड रनरअप अस्मिता अधिकारी बनेकी छिन् । जुन कार्यक्रम नेपाल आइडल सिजन २ का टप १० भित्र परेका केही प्रतिस्पर्धीहरुले पनि आफ्नो प्रस्तिुति दिएका थिए ।

त्यस्तै भर्खरैमात्र नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीले आफ्नो फेसबुकमार्फत रवि ओडलाई धन्यबाद दिदै एक सबैको मन छुने स्टाटस लेखेकी छिन् । जहाँ अहिले सम्म उनलाई भोट गरेर यो स्थानसम्म ल्याउने जजहरु र आम दर्शकहरुलाई पनि धन्यवाद दिएकी छिन् ।
नेपाल आइडलकी थर्ड रनरअप अस्मिता अधिकारीको घर झापा हो । अहिले २२ वर्षकी उनी नर्सङ्गकी विद्यार्थी हुन् । सुमधुर स्वरकी धनी अस्मिताको स्टाटस जस्ताको तस्तै ,हेर्नुस्

सर्वप्रथम त मेरो साथी Ravi Oad लाई मुरी मुरी बधाई 

हार र जीत भनेको केवल मनको अवस्था हो | महत्पूर्ण कुरा त यो क्षण हो, यो सुनौलो सांगीतिक यात्रा हो जसको कुनै अन्त्य छैन | अहिलेको क्षणिक दुखमा डुबेर अहिले सम्मको पाएको सांगीतिक उपलब्धि अनि हजुरहरू जस्तो लाखौ श्रोताहरूको मायालाई कदापी नकार्न सक्दिन | आत्मासात गर्नु अनि सबै दुख सुखलाई सराहना गर्दै जीवन बाच्नुनै मेरो लागि सहि अर्थमा जीवन जिउनु भन्ने लाग्छ | 

मैले यो प्रतियोगिताबाट केवल पाएको मात्र छु l केहि पनि गुमाएको छैन| अनि सहि अर्थमा भन्नु पर्दा मैले बल्ल सांगीतिक महासागरको एउटा सानो अंश थाहा पाएको छु अनि एउटा बिध्यार्तिको रुपमा मेरो सांगीतिक अध्यन बल्ल सुरु भएको छ | धेरै लामो छ यो यात्रा अनि हजुरहरूलाई गरेको वाचा पुरा गर्न धेरै मेहनत गर्नु छु र यो अलौकिक यात्राको पहिलो दिन आज हो |

मलाई NEPAL IDOL SEASON को TOP 4 FINALIST बनाई यस्तो गौरबमय अनुभूति दिनुहुने सम्पूर्ण पक्षहरू : AP1 TV परिवार, सम्मानीय Judges हरू अनि मेरो प्राणभन्दा नि प्यारो मेरा सुभचिन्तकहरू मेरा परिवारका सदस्यहरू , मेरो साथीसंगीहरू , मेरो गुरुजनहरू , मेरो support group मा डटेर लागेका सदस्यहरू , बिदेशी भूमिमा बसेर पनि आफ्नो अमुल्य सहयोग दिनु हुने सहयोगी व्यक्तित्वहरू र देशका कुना काप्चामा वसेर मलाई हसौला दिनु हुने र मेरो लागि प्राथना गर्नु हुने समस्त आत्मा प्रति कोटी कोटी श्रदा सुमन अर्पण गर्न चाहन्छु |

Everything happens for a reason and I am determined and inspired more than ever to bring joy to each of you who trusted me and invested your valuable time. 

MY JOURNEY HAS JUST BEGUN !!!

🙏
🙏

Thank you for changing my life this way 

❤️

LOVE YOU ALL FOREVER 

प्रतिक्रिया