नेप्से १० अंकले बढ्यो

admin

काठमाडौं, ३० वैशाख : नेप्से सूचक १०.१३ अंकले बढेर २६८४.०१ विन्दुमा आइपुगेको छ । २१८ कम्पनीको २ करोड १९ लाख ५५ हजार कित्ताभन्दा बढी सेयर खरिदबिक्री भएका छन् ।

१३ मध्ये ९ समूहका सूचक वृद्धि भएका छन् । १३ कम्पनीको भाउ ९ प्रतिशत भन्दा बढीदेखि सर्किट लाग्ने तहसम्म बढेको छ ।

४९ करोड रुपैयाँभन्दा बढीसहित नेपाल पुनर्बिमा कम्पनी सबैभन्दा अघि छ । दोस्रो र तेस्रोमा क्रमशः नेसनल हाइड्रोपावर र अरुण काबेली परेका छन् ।

प्रतिक्रिया