नेविसंघद्धारा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाको पुत्ला दहन

admin

इलाम, मंसिर १८ : इलाममा नेपाल विद्यार्थी संघले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापाको पुत्ला दहन गरेका छन् ।


कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुधबार तनहुँमा प्रहरीले नियन्त्रणमा लिएकोमा विरोध गर्दै पुत्ला दहन गरेका हुन् ।

नेविसंघले सरकार निरंकुश भएको र प्रहरीलाई विपक्षीविरुद्ध परिचालन गरेको आरोप लगाएका छन् । प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुले सरकारले अनेक बहानामा जनतालाई दु:ख दिएको भन्दै प्रधानमन्त्री र गृहमन्त्रीविरुद्ध नारावाजी गरेका थिए ।

प्रतिक्रिया