नैतिकता नभएकै कारण ओली पदमा बसिरहेका छन् : माधव नेपाल

admin

चितवन, १२ फागुन । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमा बस्ने अधिकार नभएको बताउनुभएको छ ।

पार्टीको कार्यक्रममा सहभागी हुन चितवन पुग्नु भएका अध्यक्ष नेपालले बुधबार विहान न्यूज २४ संग कुरा गर्दै ओलीमा नैतिकता नभएकै कारण राजीनामा नदिइ पदमा बसिरहेको आरोप पनि लगाउनु भयो ।


अध्यक्ष नेपालले अब मुलुकमा मिलिजुली सरकार बन्ने र यस्का लागि नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपालसंग कुराकानी भइरहेको बताउनुभयो । अध्यक्ष नेपालले सर्वोच्च अदालतले संविधान र संसदीय सर्वोच्चताको रक्षा गरेको भन्दै अब मुलुकमा कोही पनि निरंकुश बन्न नसक्ने पनि प्रष्ट पार्नुभयो ।

प्रतिक्रिया