पत्रकार लगाएर ५० लाख मागेपछि घटना बाहिर आयो भन्दै आमा छोरा नै मिडियामा (भिडियोसहित)

रिता घिसिंग

पिएनपिखबर : काठमाडौँका मोहन राज खरेललाई आफ्नै घरमा काम गर्न आउने महिलाको ७ बर्षिय बालिकामाथि बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ। आरोप लागेपछि फरार रहेका भनिएका आरोपीलाई प्रहरीले कन्चनपुरबाट सोमबार पक्राउ गरिएको हो।

तर खरेल परिवार भने उक्त आरोप झुटो रहेको दाबी गर्छन। उनीहरुले पिडित पक्षलाई कहिले धम्क्याउने र डर देखाउने नगरेको खरेल परिवार बताउछन्। रामेछापका बिनिता माझी काठमाडौं, एयरपोर्ट नजिकको डेरामा बस्दै आएकी छिन् । श्रीमान खाडीमा रहेका कारण घरको आर्थिक भार कम गर्नका लागि काठमाडौँका केहि घरहरुमा घरेलु काम गर्न जाने गर्थे। उनले कहिलेकाही छोरीलाई पनि आफुसंगै काम गर्ने घरमा लैजाने गरेको र आफु काममा ब्यस्त रहेको समयमा मालिकले छोरीमाथि बलात्कार गरेको आरोप उनले लगाएकी छिन।

बिनिताले मङ्सिरमा यस घटना सम्बन्धि आफुले काम गर्ने ठाउँको मालिकका परिवारलाई जानकारी दिएका थिए। उनका परिवारले प्रहरीलाई खबर गरौ भन्दा होस् भनि टालेको र सोहि दिन पिता र छोरा बिच केहि विवाद पनि भएको थियो। तर बलात्कार नै भएको भने होइन।

त्यस घटनापछि माझी मन लागे आउने मन नलागे नआउने गर्न थालेपछि खरेल परिवारले बैशाख देखि नआउनु भन्दै हिसाब गरेर पठाएका थिए। तर केहि दिनपछि मिडियाको साहारा लिएर ५० लाख मागेको र नदिएपछि अहिले यसरि फसाउन लागेको खरेलका परिवार बताउछन्।

केहि मिडियाले आफ्नो भिडियो समाजिक संजालमा अनुहारसहितको भिडियो देखा पर्दा मेरो आचरण हेरेर छोरा पनि बलात्कारी जस्तो छ भन्ने टिका टिप्पणी आउदा आफ्नो चरित्रहत्या भएको यस्ता मिडियालाइ पनि कानुनको दयारामा ल्याउनु पर्ने खरेलको छोराले बताए।

बाँकी हेर्नुहोस भिडियोमा….

प्रतिक्रिया

सम्बन्धित समाचारहरू