परपुरुषसँग लागेको आ’शं’कामा खु’कुरी हानी श्रीमतीको ह’त्या

admin

झापा : परपुरुषसँग लागेको भनी एक जनाले खु’कुरी प्र’हार गरी श्री’मतीको बी’भत्स ह’त्या गरेका छन्। झापाको दमक नगरपालिका–१ मामाचौक बस्ने ४७ वर्षीय चुडामणि भण्डारीले ३७ वर्षीया टीकामायाको ज्यान लिएका झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

प्र’हरीका अनुसार भर्खरै वैदेशिक रोजगारीबाट फर्किएका भण्डारीले आज(आइतबार) अपराह्न कमल गाउँपालिकका–६ जीवनचोकमा रहेको आफ्नै जमिनमा खेती गर्न गएका बेला ह’त्या गरेका हुन्।

उनले प्र’हार गरेको खुकुरीबाट स्थानीय प्रकाशचन्द्र दाहालसमेत घा’इते भएका प्र’हरीले जनाएको छ। दाहाल उनकै श्रीमतीसँग गएका थिए। यता घ’ट’ना भएलगत्तै इलाका प्र’हरी कार्यालय दमकको टोली घ’टनास्थल पुगेर भण्डारीलाई प’क्राउ गरेको छ।

घ’टनाको विषयमा थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए। आरोपी भण्डारीले आफू विदेशमा रहेको बेला कमाएर पठाएको रकम श्रीमतीले हिनामिना गरी परपुरुषसँग लागेको आशंकामा ह’त्या गरेको हुन सक्ने प्र’हरीको अनुमान छ।

प्रतिक्रिया