परासीमा अवैध यौनधन्धा: ४ महिलासहित १० पक्राउ

राष्ट्रिय समाचार समिति

परासी, ६ साउन : होटलमै यौनधन्धा सञ्चालन गरेको भन्दै पश्चिम जिल्ला प्रहरी कार्यालय नवलपरासीले होटल सञ्चालकसहित १० जनालाई पक्राउ गरेको छ । बर्दघाटस्थित ‘न्यू शितलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लज’बाट उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता एंव नायब उपरीक्षक वीरेन्द्र थापाले बताए ।

लामो समयदेखि उक्त होटलमा यौनजन्य क्रियाकलाप व्यवसायकै रुपमा गराउने पाइएपछि प्रहरी टोलीले सोमबार छापा मारेको बताएको छ । यस क्रममा होटल सञ्चालक रमेश कोइरालासहित १० जना पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा ६ जना पुरुष र ४ महिला रहेको नायब उपरीक्षक थापाले जानकारी दिए । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया