पर्यटन क्षेत्रलाई बचाउन पर्यटन मजदुरहरुको आन्दोलन घोषणा

तुलसी नेपाल

काठमाण्डौ – पर्यटन क्षेत्रलाई Covid-19 को महामारी बाट बचाउन भन्दै पर्यटन मजदुरहरुले आन्दोलनको घोषणा गरेका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी गराएको हो । नेपाल टुरिजम बोर्डको कार्यलय अगाडि २०७७ -६ -११ गते आइतबार पर्दर्शन गर्ने मजदुरहरुको तयारी छ ।

Covid-१९ को प्रभावबाट देशव्यापी रुपमा मजदुरहरु बेरोजगार भएको कुरा सबैलाई अवगत छ तसर्थ नेपालको हकमा पर्यटन भनेको आर्थिक पक्षमा पर्यटन नै मुल अंग हो भने पर्यटन क्षत्रमा मजदुरहरु राज्यको मेरुदण्ड हुन भन्नेमा दुई मत छैन । उसो त नेपालको हकमा पर्यटन क्षेत्रलाई पहिलो नम्बरमा असर परेको अवगत नै छ, र पर्यटन क्षेत्रका आम मजदुरहरु ६ महिना देखि घर भित्र थुनिएर बसेको कुरा स्पष्ट छ, तसर्थ नेपाललाई आर्थिक क्षेत्रमा बलियो हुनलाई पर्यटन क्षेत्रलाई बचाउनु पर्ने हुन् ।

अन्तत: पर्यटनलाई धान्ने आम मजदुरहरुको ठुलो भुमिका रहन्छ, यो बेला आम पर्यटन मजदुरहरु घर भित्र थुनिएर बस्दाखेरी आर्थिक,मानसिक,र भौतिक तवर बाट निकै कमजोर भएको र कतिले त आत्महत्या समेत गरिसकेका छन भने कतिले अन्य कामहरु र विदेश पलायन जस्ता विकल्प रोजिसकेका छन, यसो हुदा पर्यटन क्षत्रका जनशक्ति कम्जोर हुँदै जानुले पर्यटन क्षेत्र कमजोर हुने र देशको आर्थिक स्थिती शून्यतामा जाने निश्चित भएको भन्दै आन्दोलनको तयारी गरेको हो ।

पर्यटन मजदुरहरुलाई बचाउनु पर्दछ भनि हाम्रो ऐतिहासिक सङ्गठन पर्यटन मजदुर संघर्ष समिती र पर्यटन सेवा समाज नेपालले ५ महिना देखि सम्बन्धित निकायहरुलाई उचित राहतको ब्यबस्थापन गरिनु पर्ने भनि पटक पटक शान्तिपूर्ण आन्दोलन गरि पर्यटन मन्त्रालय,टुरिजम बोर्ड,टान,र प्रधानमन्त्री कार्यलय,पर्यटन बिभाग सम्म माग पत्र समेत पेस गरिएता पनि ध्यानाकर्षण नभएको महसुस गरेका छौ, तसर्थ सम्बन्धित निकायहरुले आम पर्यटन मजदुरहरुलाइ बिभेद गरि असभ्य भासाहरु प्रयोग भएको शब्दहरुलाई खारेज गर्दै पर्यटन मजदुरहरुलाई न्याय हुने खालको उचित राहत मजदुर कल्याणकारी कोषमा रहेको रकम तत्काल कार्यन्वयनमा ल्याउन र दीर्घकालीन जीवनयापनको लागि सहजीकरण गर्न माग गरेको छ ।

२०७७-६-६ गते का दिन पत्रकार सम्मेलन गरि पुन: शान्तिपूर्ण आन्दोलन गर्ने भएकोले नेपाल भरिका सम्पुर्ण पर्यटन मजदुरहरु आफ्नो अधिकारको लागि एक्यवद्धता भइ शान्तिपूर्ण आन्दोलनमा उपस्तिथि जनाउन र अधिकारको लागि नेपाल भरिका पर्यटन मजदुरहरु आ-आफ्नो ठाउँबाट सम्बन्धित निकायहरुको बिरुद्धमा Play Card सहित शान्तिपूर्ण बिरोध गर्नुहुन अनुरोध गरेको छ ।

तत्कालीन मागहरु:
-प्रत्येक सकृय मजदुरहरुलाई उचित राहत प्रदान गर्नु पर्ने,
-यो बर्ष लाइसेन्सहरुको रिन्यु गरिदा सबै सुल्क मिनाह गरिनु पर्ने,
-मजदुर कल्याणकारी कोषमा रहि आएका रकम मजदुरहरुको निम्ति खर्चिनु पर्ने, र छिटो कार्यन्वयन गर्नु पर्ने,
-बिशेष सहरिया क्षेत्रमा र कोठा भाडामा बस्नेहरुलाई ध्यानाकर्षण गरिनु पर्ने,
-लाइसेन्स भएका पर्यटन मजदुरहरु तुरुन्तै पेन्सनको घोषणा गरिनु पर्ने,

-चोयु हिमालको बाटो बनाउन छुटाइएको बजेट मजदुरहरुको कोषमा ल्याइनु पर्ने,

प्रेस विज्ञप्ति:

प्रतिक्रिया