पर्सामा थप २२ जनामा संक्रमण, वीरगञ्जकी एक महिलामा मृत्युपछि कोरोना पुष्टि

admin

पर्सा, २६ साउन : पर्सामा २२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आइतबार ज्यान गुमाएकी महिलासहित २२ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ भेडियाहीकी ४५ वर्षीया एक महिलामा मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । महिलाको नारायणी अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचारको क्रममा सोमबार ज्यान गएको अस्पतालका इञ्चार्ज डा. उदयनारायण सिंहले बताएका थिए ।

उच्च रक्तचाप र हाइपोथाइराइडबाट संक्रमित महिलालाई कोरोना आशंकामा आइतबार गण्डक अस्पतालमा भर्ना गरिएको थियो । वीरगञ्जको नारायणी अस्पतालको पीसीआर प्रयोशालाले सोमबार सार्वजनिक गरेको विवरणअनुसार ज्यान गुमाएकी महिलासहित २२ जना कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमित हुनेहरुमा १८ देखि ५० वर्ष उमेर समूहका छन् । थपिएका संक्रमितमा स्वास्थ्यकर्मी समेत रहेका छन् । सोमबार थपिएकासहित पर्सामा अब १ हजार ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया