पर्सामा प्याजको मूल्य : थोक मूल्य प्रतिकेजी ६५ र खुद्रामा ७५ रुपैयाँ

admin

पर्सा, ५ असोज : पर्सामा प्याजको बिक्री मूल्य तोकिएको छ । अहिलेका लागि प्याजको थोक मूल्य प्रतिकेजी ६५ र खुद्रा मूल्य प्रतिकेजी ७५ रुपैयाँ तोकेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भारतले प्याजको निर्यातमा रोक लगाएपछि कृत्रिम अभाव गरी महँगो मूल्यमा बेचिरहेका व्यवसायीलाई पर्सा प्रशासनले कारबाही गर्न थालेको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ र व्यापारीबीच भएको छलफलबाट प्याजको मूल्य तोकेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष विदुर गुप्ताले बताए ।

वीरगञ्जको मीना बजारका केही व्यापारीले प्याजको कृत्रिम अभाव सिर्जना गरी उपभोक्तालाई ठगेको गुनासोपछि अनुगमन र कारबाही थालेको सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष गुप्ताले बताए ।

यसका साथै व्यापारीहरुले आलुलगायतका खाद्य सामग्रीको बढी मूल्य लिएर कालोबजारी गरेको उजुरी आएमा पनि कारबाही गरिने छ ।

प्रतिक्रिया