ठेकेदारसँग विवाद भए पछि पाँच महिना देखि विक बेपत्ता

admin

बर्दिया, २७ भदौ : विगत पाँच महिना देखि एक व्यक्ति बेपत्ता भएका छन् । बर्दिया बाँसगडी नगरपालिका वडा नं ४ मदहा बस्ने २६ वर्षीया हरि बहादुर विक २०७५ साल चैत्र २६ गते मङ्गलबार देखि सम्पर्क विहीन भएका हुन् । विक लामो समयसम्म पनि परिवारको सम्पर्कमा नआएपछि श्रीमति दुर्गा विकले खोज–तलासको लागि इलाका प्रहरी कार्यालय बाँसगडीमा निवेदन समेत दिएकी छिन् ।

हराएका हरि बहादुर विक

अवैध गिट्टी बालुवा ओसार पसारमा संलग्न रहेको भन्दै स्थानीय ठेकेदार राजु अधिकारीसँग सामान्य विवाद भएको र अन्य कुनै पनि पारिवारिक झै–झगडा नभएको उनकी श्रीमती दुर्गाले बताइन् ।

हराएका हरि बहादुर विक

जीविकोपार्जनका लागि अर्काको ट्रक चलाउँदै आएका विक घटनाको दिन विहानै गाडी मर्मतको लागी ग्यारेजमा राखिएको छ भन्दै नेपालगञ्ज हिँडेका थिए । साँझ घर नजिकैको चोकमा स्थानीय ठेकेदार राजु अधिकारीसँग सामान्य विवाद भएको प्रत्यक्षदर्शी स्थानीय वासीहरुले बताए । सोही दिन साँझबाट उनी वेपत्ता भएका हुन् ।

प्रतिक्रिया