पूर्वमन्त्री महेश बस्नेतले सम्पादकहरूलाई धम्काएकोप्रति पत्रकार महासङ्घको भर्त्सना

admin

काठमाडौं, माघ १५ : नेपाल कम्युनिस्ट पार्टीको केपी ओली समूहका नेता तथा पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूलाई ध’म्क्याएको घ’टनाप्रति नेपाल पत्रकार महासङ्घले भर्त्सना गरेको छ ।

बुटवलमा बुधबार (हिजो) भएको कार्यक्रममा पूर्वमन्त्री बस्नेतले विभिन्न सञ्चारमाध्यमका सम्पादकको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याउनुभएको थियो ।

पत्रकारले समाचार लेखेका कारण मन्त्रीजस्तो जिम्मेवार पदमा बसेर काम गरिसकेका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै ध’म्क्याएको यो घ’टना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको महासङ्घको ठहर छ ।

पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने घ’टनाको महासङ्घले कडा शब्दमा भत्र्सना गरेको छ । प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न तथा यस्ता कार्य नदोहोर्‍याउन पनि महासङ्घले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया