पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमालाई कोरोना पुष्टि

admin

काठमाडौं, १३ असोज : पूर्वमिस नेपाल श्रृंखला खतिवडाकी आमा एवं बागमती प्रदेशसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी मकवानपुरकी अध्यक्ष मुनु सिग्देललाई कोरोना संक्रमण पुष्टि भएको छ ।

उनी असोज ५ गते हेटौंडाबाट काठमाडौं आएकी थिइन् । रुघाखोकी लागेपछि उनले ललितपुरको विध ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको हो । अहिले उनी काठमाडौंमै होम आइसोलेसनमा बसेकी छिन् ।

अन्य कुनै स्वास्थ्य समस्या नदेखिएको उनले बताइन् । नेकपा मकवानपुरकी अध्यक्षसमेत रहेकी सांसद सिग्देललाई संक्रमण देखिएपछि परिवारका अन्य सदस्यको पनि परीक्षण गरिएको थियो । परिवारका सदस्यलाई भने संक्रमण नदेखिएको उनले बनाइन् ।

प्रतिक्रिया