पौडी खेल्दा दुई युवाको मृ’त्यु

राष्ट्रिय समाचार समिति

विराटनगर, १९ असार: मोरङको जहदा गाउँपालिकाको एक पोखरीमा पौडी खेल्ने क्रममा दुई युवाको आज मृ’त्यु भएको छ ।

फाइल फोटो

जिल्ला प्र’हरी कार्यालयका सूचना अधिकृत प्र’हरी नायब उपरीक्षक मानबहादुर राईका अनुसार वडा नं ३ ब्रहमदेव मुखियाको पोखरीमा सोही स्थानका १८ वर्षीय दिनेश राजवंशी र रिक्की राजवंशीको पौडी खेल्ने क्रममा डुबेर मृ’त्यु भएको हो ।

दिनेशलाई उपचारका लागि कोशी अस्पताल ल्याइएकामा चिकित्सकले मृ’त्यु भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया